पाकिस्तानले नियन्त्रण रेखामा खसाल्यो भारतीय ड्रोन

वैशाख १६ । पाकिस्तानी सेनाले मंगलबार कश्मिरको नियन्त्रण रेखा नजिक भारतीय क्वाडकप्टर ड्रोन खसालेको जनाएको छ । पहालगाम आक्रमणपछि चर्किएको तनावबीच यो घटना भएको हो । गत २२ अप्रिलमा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश पर्यटक थिए । यो सन् २००० यताकै कश्मिर क्षेत्रमा भएको सबैभन्दा घातक हमला मानिएको छ ।

रुमा जिम्मेवारी लिएको ‘कश्मिर रेसिस्टेन्स’ समूहले पछि भने स्पष्ट रूपमा आक्रमणमा संलग्नता अस्वीकार गरेको छ । भारतले यो आक्रमणमा सीमा पारको संलग्नता देखाएको छ भने पाकिस्तानले यसको कडा खण्डन गर्दै आएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले एक निष्पक्ष छानबिनको माग गरेका छन्।

Sayalb

पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमहरूले मनावर सेक्टर, भिम्बर जिल्लामा भारतीय ड्रोनले निगरानीको प्रयास गरेको र त्यसलाई पाकिस्तानी सेनाले समयमै कारबाही गर्दै खसाल्न सफल भएको उल्लेख गरेका छन् ।

रेडियो पाकिस्तान र पीटीभी न्यूजले सरकारी सुरक्षास्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएका हुन्। सुरक्षा स्रोतले यो घटना पाकिस्तानी सेनाको सतर्कता, पेसागत क्षमता र सुरक्षात्मक तयारीको स्पष्ट प्रमाण भएको बताएका छन्। ‘पाकिस्तानी सेना शत्रुको कुनै पनि आक्रमणको तुरुन्त र प्रभावकारी जवाफ दिन सधैं तयार छ,’ समाचारमा भनिएको छ।

यो घटनासँगै पछिल्लो पाँच रातदेखि नियन्त्रण रेखामा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान भइरहेको खबरहरू आएका छन् ।

Shaileshwori
Loading...