अछाममा मनसुन जन्य विपद्को उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शनी 

सुवास नेपाली 
वैशाख १९, अछाम । अछामको बुढीगंगा नदिमा मनसुन जन्य विपद्को उद्धार सम्बन्धी अभ्यास मनसुन–५ कृत्रिम घटना अभ्यास गरिएको छ । अछाम स्थित नेपाली सेनाको श्री गोरख बक्स गण मङ्गलसेन ब्यारेक,  जिल्ला प्रहरी कार्यालय, अछाम सशस्त्र प्रहरी नं. ४९ गुल्म, साँफेबगर नगरपालिकाको संयुक्त आयोजना साथै जिल्ला अस्पताल अछाम, न्याय हेल्थ अस्पताल बयलपाटा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामको सहकार्यमा मनसुन जन्य विपद्को उद्धार सम्बन्धी अभ्यास मनसुन–५ कृत्रिम घटना अभ्यास गरिएको हो।
मनसुनको पूर्व सन्ध्यामा विपद् सम्बन्धी हुन सक्ने घटनाहरूमा बाढी, पहिरो लगायतका घटनामा परेकाहरूको हाई लाइन रेस्क्यु, अस्ट्रेलियन र्याप्लीङ, अपर वाटर रोप ब्रिज, रबर बोट तथा ईम्प्रोभाईज बोटको प्रयोग गरी खोज तथा उद्धार सम्बन्धी डेमोस्ट्रेशन सञ्चालन गरिएको गोरख बक्स गणका गणपति प्रमुख सेनानी सङ्गम अधिकारीले बताए ।
कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख शिव बहादुर कुँवरले मनसुनले बर्सेनि ठुलो जनधनको क्षेती हुने गरेको र मनसुन भित्रिनु अगावै गरिएका यस्ता क्रियाकलापले नागरिकहरूमा सतर्कता अपनाउन र क्षेती कम गर्न सहयोग पुग्नुका साथै सेनाले गर्दै आएको अभियान प्रभावकारी भएको बताए। प्रमुख जिल्ला अधिकारी आनन्द सारुले विपद् जुनसुकै समयमा आउन सक्ने भएका कारण यस्ता कार्यक्रमहरूले बिपदका घटना बाट हुने क्षेती कम गर्न ठुलो सहयोग पुग्ने बताए ।
Sayalb
त्यसै गरी श्री गोरख बक्स गणको आयोजनामा विपद् जोखिम न्यूनीकरण प्रतिकार्य अन्तरगत सेनानी अमृत खड्काको कमान्डमा गएको १÷३९ को मोबाइल डिजास्टर ट्रेनिङ टिमले ३ वटा नगरपालिका र ६ वटा गाँउपालिकाहरुमा २०८१ फागुन २२ गते देखी २०८१ चैत २९ गतेसम्म अभ्यास वैद्यनाथ प्रशिक्षण तथा डेमोस्ट्रेशन सञ्चालन गरेको थियो ।आगामी दिनमा समेत यस्ता अभ्यासहरू सञ्चालन गरिने छ।
अभ्यास मनसुन ५ अन्तर्गत साँफेबगर स्थित नगरपालिकाको सभा हलमा स्थानीय जनप्रतिनिधिहरू, विभिन्न निकायका व्यक्तिहरू र स्थानीय जनता, शिक्षक तथा विद्यार्थी गरी करिब ७० जनालाई सहभागी गराई सेनानी अमृत खड्काले विपद् व्यवस्थापन जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण सञ्चालन गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी आनन्द सारुको अध्यक्षतामा भएको मनसुन जन्य विपद्को उद्धार सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन कार्यक्रममा मङ्गलसेन नगरपालिकाका उपप्रमुख सङ्गीता सोडारी, तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष विमला शाही, ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला शाही, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी, सशस्त्र प्रहरी बल नेपाल नं. ४९ गुल्म हेड क्वाटर खप्तड अछामका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक नर बहादुर शाही, राष्ट्रिय अनुसन्धान कार्यालयका दिल बहादुर चौधरी लगायत जनप्रतिनिधि, स्थानीय, शिक्षक तथा बिद्यार्थीहरु उपस्थिति रहेको थियो ।
आज भएको कार्यक्रममा सञ्चालन भएको साँफेबगर नगरपालिकाका करिब सात सय बढीको सङ्ख्यामा सहभागी स्थानीयले सेनाको कृत्रिम अभ्यासलाई चासोका साथ अवलोकन गरेका थिए ।
Shaileshwori
Bolpatra
Loading...