
वैशाख २९, धनगढी । धनगढी उपमहानगरपालिका–०४ स्थित बसपार्क प्रवेशद्वारमा न्यु ममता रेस्टुरेन्ट सञ्चालनमा आएको छ। सोमबार रेस्टुरेन्टको औपचारिक उद्घाटन सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टज्यूले गरेका छन् । उद्घाटनपछि संस्थापक मुख्यमन्त्री भट्टले रेस्टुरेन्ट सञ्चालक कलम धामीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् । रेस्टुरेन्टले ग्राहकहरूलाई शुद्ध, स्वादिलो खाना र सुलभ सेवा दिनेमा उनको विश्वास छ ।

रेस्टुरेन्ट सञ्चालक कलम धामीले स्थानीय परिकारसँगै स्वादिष्ट भोजन तथा खाजा नास्ताका परिकारहरू जस्तै मम, चाउमिन, आलुचप, समोसा आदि उपलब्ध हुने जानकारी दिए । उनले सरसफाइ, सेवा तथा स्वादमा कुनै सम्झौता नगर्ने बताएका छन् ।
नयाँ स्वरोजगारको थालनीका रूपमा खुलेको न्यु ममता रेस्टुरेन्टले स्थानीय तहमा व्यावसायिकता प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।
