माओवादीलाई कुनै पार्टीले सत्तामा पुर्‍याएका हैनन् : अध्यक्ष प्रचण्ड 

जेठ ३, डोटी । नेकपा (माओवादी केन्द्र ) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सर्वसाधारण जनताले सत्तामा पुर्‍याएको बताएका छन् । हिजोबाट सुरु भएको जनतासँग माओवादी (मध्य पहाडी लोक मार्ग) जनता जागरण अभियान अन्तरगत  आज डोटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीलाई अन्य  कुनै पार्टीले सत्तामा नपुर्‍याएको बताए ।

Sayalb

उनले भने, “ हामीलाई विस्तृत शान्ति सम्झौतासम्म पुर्‍याउने, हामीलाई तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याउने कुनै काँग्रेसहरू होइनन् कुनै एमालेहरू होइनन् तपाईँ हामीहरू जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग समुदायले पुर्‍याएको हो ।” उनले पार्टी सत्तामा हुँदाका बखत सत्तामा पुर्‍याउने वर्ग समुदायलाई दिनुपर्ने जति समय आफूहरूले नदिएकोमा कमजोरी भएको बताए । ८/१० वर्षको बिचमा जनताको बिचमै गएर जनताकै मुखबाट समस्या सुन्नुपर्नेमा त्यसो हुन नसकेकाले त्यस्तो कमजोरी सुधार्न पार्टीले जनता जागरण अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले आत्म आलोचित भएर आफूहरू जनताको सामु आएको र जनताका पिर मार्कालाई सुनेर राष्ट्रव्यापी बनाउने पनि बताए । अध्यक्ष प्रचण्डले नेतृत्व गरेको जनता जागरण अभियानका नेताहरू डोटीको जनसभालाई सम्बोधन गर्दै अछाम प्रस्थान गरेका छन् ।

Shaileshwori
Loading...