
जेठ २३, डोटी । डोटीमा मोटरसाइकल एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन् । जोरायल गाउँपालिका वडा नम्बर २ अठासी मोडस्थित भीमदत्त राजमार्गमा सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ब ६५४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सु.प.प्र. ०१०१२ प ६८७३ नम्बरको मोटररसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार दिउँसो २:५० बजेतिर भएको दुर्घटनामा परि से १ ब ६५४ नम्बरको मोटरसाइकल चालक डोटीको दिपायल सिलगढी नगरपालिका–७ पाकरी निवासी ३८ वर्षीय कर्ण बहादुर विष्ट, दिपायल सिलगढी-६ का ४३ वर्षीय अनिल कुमार जोशी, सु.प.प्र. ०१०१२ प ६८७३ नम्बरको मोटरसाइकल चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ निवासी २६ वर्षीय करुणाकर धिक्त र सोही पालिकाको वडा नम्वर ६ बस्ने १८ वर्षीय सन्तोष धिक्त घाइते भएका छन्।
घाइतेमध्ये जोशीको टाउको, दायाँ हात र खुट्टामा चोट लागेकाले उनको अवस्था मध्यम रहेको प्रहरीले जनाइएको छ । बाँकी तीन जनाको अवस्था सामान्य रहेको छ। उनीहरूको छतिवन स्वास्थ्य चौकी बुडरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
