कञ्चन पाली बनिन् एसइईमा डोटी जिल्ला टपर

असार १४, डोटी । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ मा पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय, सिलगढीकी छात्रा कञ्चन पाली ‘डोटी जिल्ला टपर’ बनेकी छन् । उनले ३.९६ जिपिए प्राप्त गर्दै जिल्लामै अहिलेसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ डोटीका निमित्त इकाई प्रमुख ममता पालका अनुसार, जोरायल गाउँपालिका–४, बिनोडा निवासी पालीले जिल्लाको शैक्षिक इतिहासमै उदाहरणीय सफलता हासिल गरेकी हुन्।

Sayalb

विद्यालयका प्रधानाध्यापक केशव ओझाका अनुसार, कञ्चनको सफलता विद्यालयकै मात्र होइन, सिङ्गो डोटी जिल्लाका लागि प्रेरणादायी उपलब्धि हो।

त्यस्तै, राधाकृष्ण माध्यमिक विद्यालय, गोपघाटका निराजन बलायरले ३.९२ जिपिए प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन् भने केदारेश्वर माध्यमिक विद्यालय, कपल्लेकीका वैभव कार्कीले ३.९० जिपिए प्राप्त गर्दै तेस्रो स्थानमा रहे।

गत चैत्र ७ गतेदेखि सञ्चालन भएको एसइई परीक्षामा डोटीबाट नियमिततर्फ ३,०३५ जना, आ.व. २०७८/०७९ अघि ग्रेडवृद्धितर्फ १९ जना र आ.व. २०८० को ग्रेडवृद्धितर्फ १,०२१ जना परीक्षार्थी सहभागी भएका थिए।

Shaileshwori
Loading...