नागरिक उन्मुक्ति पार्टीद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

Sayalb

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रवार दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।
नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भएका रामेश्वर चौधरीलाई बिहीबार मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरेका थिए । आफ्ना मन्त्रीलाई अनावश्यक आरोप लगाएर बर्खास्त गरिएको भन्दै नाउपाले त्यसको विरोध गर्दै आएका छ । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाह अल्पमतमा भने पर्ने छैनन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । सरकारको नेतृत्व गरिरहेको काँग्रेसका १८ र सत्ता साझेदार एमालेका ११ प्रदेशसभा सदस्य छन् ।

Shaileshwori
Loading...