कैलालीमा १३ वर्षीया किशोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ

धनगढी । कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।

Sayalb

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Shaileshwori
Loading...