बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

साउन २२, अछाम । साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड साँफेबगर शाखाले बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तरगत बैङ्कले अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको हो । बिहिवार साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड साँफेबगर शाखाका प्रमुख अनुपमन महराले अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
Sayalb
स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक अधिकार हो भन्ने विश्वासका साथ दूर दराज क्षेत्रका बिरामीहरूको उपचारमा सहयोग पुगोस् भनेर अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई हस्तान्तरण गरिएको शाखा प्रमुख महराले बताए । ग्रामीण तथा सुदूर वर्ती क्षेत्रका नागरिकहरूलाई सहज र गुणस्तरीय सेवा प्राप्त होस् भन्ने उद्देश्यले बैङ्कले यस्ता कार्य गरिरहेको र बयालपाटा जस्तो समर्पित स्वास्थ्य संस्थालाई सहयोग गर्न पाउनु सम्मान महसुस गरेको महराको भनाई छ । उनले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता जस्ता सामाजिक क्षेत्रहरूमा योगदान पुर्‍याउने र अस्पतालसँग पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
Shaileshwori
Loading...