डोटीको के.आई.सिंह गाउँपालिकामा राष्ट्रिय परिचय पत्र शिविर सञ्चालन हुने

भदौ ३, डोटी ।  डोटीको के.आई.सिंह गाउँपालिकामा राष्ट्रिय परिचय पत्र सञ्चालन हुने भएको छ । यही भदौ ५, ६ र ७ गते तीन दिन जिल्ला प्रशासन कार्यालय डोटीसँगको सहकार्यमा गाउँपालिकामा राष्ट्रिय परिचय पत्र शिविर सञ्चालन हुन लागेको हो ।
गाउँपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै शिविर सम्बन्धी जानकारी दिएको छ । गाउँपालिकाका अनुसार भदौ ५ गते वडा नम्बर ३, ४ र ५ का नागरिकले सेवा लिने गरी गाउँपालिकाको कार्यालय वायल, भदौ ६ गते वडा नम्बर १ र २ का नागरिकका लागि गाउँपालिकाको कार्यालय वायल र ७ गते वडा नम्बर ६ र ७ का लागि नागरिकका लागि वडा नम्बर ७ को वडा कार्यालय भुमिराजमाण्डौमा राष्ट्रिय परिचय पत्र सञ्चालन हुने छ । प्रत्येक दिन बिहान ८ बजेपछि राष्ट्रिय परिचय पत्र बनाउने कार्य सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमाल डंगौराले जारी गरेको सूचनामा उल्लेख छ ।
Sayalb
यसअघि राष्ट्रिय परिचय पत्र बनाउन छुटेका नागरिकलाई लक्षित गरी शिविर तय गरिएको हो । तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सेवाग्राहीलाई आफ्नो परिचय पत्र बनाउन गाउँपालिकाले आग्रह गरेको छ । राष्ट्रिय परिचय पत्र बनेपछि स्थानीय बासिन्दाले सामाजिक सुरक्षा भत्ता, सरकारी सेवासम्बन्धी कामकाज र अन्य गतिविधिमा सहज हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
Shaileshwori
Loading...