बोगटान फुड्सिल गाउँपालिकामा स्वास्थ्य संस्थाहरूको समीक्षा कार्यक्रम सम्पन्न

भरत बम, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पालिका स्तरीय स्वास्थ्य संस्थाहरूको दुई दिने वार्षिक समीक्षा कार्यक्रम शनिवार गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ  । समीक्षा कार्यक्रम स्वास्थ्य सेवा प्रवाहको अवस्था, सुशासन, जबाफदेहिता, उपलब्धि र चुनौतीहरूबारे समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहको लक्ष्यसहित आयोजना गरिएको हो ।  कार्यक्रममा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिएका सेवाहरूको मूल्याङ्कन गरिएको थियो भने प्राप्त अनुभव र सिकाइको आधारमा आगामी योजनाको खाका कोरिएको थियो । कार्यक्रममा पालिका भरिका स्वास्थ्य संस्थाको एक वर्षको प्रगति विवरण पेस गरिएको थियो ।
Sayalb
कार्यसम्पादनको आधारमा ३ वटा उत्कृष्ट स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । पहिलोमा धिकामाण्डौ स्वास्थ्य चौकी, दोस्रोमा सात्फरि स्वास्थ्य चौकी र तेस्रोमा चवराचौतारा स्वास्थ्य चौकी सम्मानित भएका छन् । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए । त्यसैगरि संस्थागत सुत्केरि गराउनेलाई प्रोत्साहन गर्न र घरायसी स्तरमा गराइने सुत्केरीलाई निरुत्साहित गर्न सुत्केरी गराउन अस्पताल आउनेलाई खाने बस्ने व्यवस्था गर्ने र एम्बुलेन्स सेवा फ्री गर्ने पालिका उपाध्यक्ष बिष्ना बमले प्रतिबद्धता व्यक्त गरिन् ।  कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर निरीक्षक कपिलदेव जोशी र सूर्य विष्टको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मुगा केसी ले गर्नु भएको थियो ।
Shaileshwori
Loading...