बिपिएलको पहिलो खेलमा चवराचौतारा स्टाइगर विजयी 

कार्तिक १, डोटी ।  बोगटान प्रिमियर लिग (बिपिएल) पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको पहिलो खेलमा चवराचौतारा स्टाइगर विजयी भएको छ । आज (शनिवार) बाट सुरु भएको प्रतियोगितामा स्टाइगरले गगुडा टाइगर्सलाई १० विकेटले हराएको हो ।
बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जारी बिपिएल पुरुष क्रिकेट प्रतियोगिता १२ टोलीको सहभागिता रहेको छ ।  १२ टोलीलाई चार ग्रुपमा विभाजन गरिएको छ ।
Sayalb
प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजार र मेडल तथा उपविजेताले रु. ३० हजार र मेडल प्राप्त गर्ने सञ्जालका महासचिव केसीले बताएका छन् । साथै उत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) ले नगद तीन हजार पाँच सय र मेडल, उत्कृष्ट ब्याट्सम्यानले रु.दुई हजार र मेडल, उत्कृष्ट बलरले रु. दुई हजार र मेडल तथा म्यान अफ द म्याचले रु. पाँच सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आइसिसी को मापदण्ड अनुसार एलबीडब्लू बाहेकका नियमहरू लागू हुने जनाइएको छ । बोगटान युवा सञ्जालको आयोजनामा   चवराचौतारा तोलिवन स्थित पालिका स्तरीय नवनिर्मित खेल मैदानमा प्रतियोगिता सुरु भएको छ । भोलिका खेल बिहान ७ बजेबाट सुरु हुने छन्।
Shaileshwori
Loading...