

लागु औषध प्रमुख सामाजिक चुनौतीको देखिएको एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् । कैलालीको घोडाघोडी नगरपालिकामा महिला हिंसा विरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जालले दीपावली तथा छठको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीले यस्तो निश्र्षक निकालेका हुन ।
लागु औषध हाम्रो समाजको प्रमुख समस्या रहेको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले बताए । शुभकामना व्यक्त गर्दै भने ‘ लागु औषधका प्रयोगकर्ताहरू सङ्ख्या दिन प्रतिदिन भुसको आगो जस्तै फैँलिँदैछ यसलाई नियन्त्रण गर्न सकेनौँ भने हाम्रो समाजले आगामी दिनहरू झनै कठिन बेहोर्नु पर्नेछ ।’
लागु औषधका प्रयोगकर्ताहरू धेरै भएका कारण प्रहरीले पनि काम गर्न नसक्ने अवस्था सृजना भएको घोडाघोडी नगरपालिका वडा न. ४ का अध्यक्ष भरतबहादुर शाहले बताए । शाहले भने ‘हामी जनताबाट निर्वाचित प्रतिनिधि पनि ढुक्क भएर छलफल गर्न सक्ने जनताको घरमा जान र सम्झाउन सक्ने अवस्था छैन ।’
देशका भविष्यका कर्णधारहरू नराम्रो कुलतमा लागेर विभिन्न अपराध कर्ममा लागेको देख्दा साह्रै चिन्ता लाग्ने गरेको अधिकारकर्मी ममता विकले बताइन् । अँध्यारो माथि उज्यालो असत्य माथि सत्यको विजयको प्रतीक मनाइने दीपावलीले समाजमा हुँदै गरेको विकृति नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त होस भन्दै शुभकामना व्यक्त गरेका थिए ।
समाजमा हुने सबै प्रकारका विकृति रोक्न धार्मिक अगुवाले भूमिका खेल्न पर्न हुँदा सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नु पर्ने महिला हिंसा विरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जाल घोडाघोडीका अध्यक्ष शिवप्रसाद ढकालले बताए ।
