जिल्लास्तरीय क्रिकेट प्रतियोगिता गर्दै पद्म पव्लिक मुक्ति नारायण माबि

२९ पुष, डाेटी ।

डोटी जिल्लाको पुरानो सामुदायिक बिद्यालय पद्म पव्लिक मुक्ति नारायण माध्यमिक बिद्यालयले जिल्लास्तरीय अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
२००४ सालमा स्थापना भएको यस बिद्यालयले ७६ औँ वार्षिकोत्सवको अबसर पारी क्रिकेट प्रतियोगिता गर्न लागेको हो ।
माघ २ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा जिल्लाभित्र सञ्चालनमा रहेका माध्यमिक तहका बिद्यालयले भाग लिन पाउनेछन् । प्रतियोगितामा भाग लिन चाहने बिद्यालयले भोली (पुष ३० गते) भित्र टिम दर्ता गराईसक्नु पर्ने बिद्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ । टिम दर्ता गराउँदा प्रतियोगितामा सहभागि हुने विद्यार्थीको नाम, कक्षा, इएमआइएस नं. र फोटो समेत राख्नु पर्ने सूचनामा उल्लेख छ ।
दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ । यस्तै, द्वितीय पुरस्कार ५० र तृतीय पुरस्कार २५ हजार रुपैयाँ राखिएको बिद्यालयका प्रधानाध्यापक केशवराज ओझाले जानकारी दिए ।

Sayalb

प्रतियोगितामा सहभागि हुने टिमले विद्यालय पोशाक वा खेल पोशाक लगाउनु पर्ने, खेलको दौरानमा विद्यार्थीहरूको सम्पूर्ण खर्च सम्वन्धित विद्यालयले नै बेहोर्नु पर्ने ओझाले वताए । क्रिकेट टिममा जम्मा १५ खेलाडी, एक टिम क्याप्टेन र एक व्यवस्थापक गरी जम्मा १७ जना सहभागी हुन सक्ने, खेल १५ ओभर प्रति पारी सञ्चालन हुने उनले जानकारी दिए । खेल सञ्चालन सम्बन्धी अन्य नियम प्रत्येक खेल अघि खेल संयोजकबाट जानकारी गराइने छ ।


क्रिकेट प्रतियोगितामा सहभागी हुने बिद्यार्थीको उमेर १९ वर्ष ननाघेको हुनुपर्ने, प्रतियोगितामा सहभागी विद्यालयले खेलाडी सम्बन्धी सम्पूर्ण कागजात साथमा ल्याउनु पर्ने आयोजक बिद्यालयले जनाएको छ । खेल खेल्ने मैदान तथा अन्य व्यवस्थापन आयोजक विद्यालयले गर्ने वताईएको छ ।
यस्तै, बार्षिकोत्सवको अवसर पारी बिद्यालयले बिज्ञान प्रदर्शनी प्रतियोगिता समेत आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता माघ ८ गते हुनेछ । पद्म पव्लिक मुक्ति नारायण बिद्यालयको आयोजनामा हुने प्रतियोगितामा माध्यमिक तहको बिद्यालयले सहभागिता जनाउन सक्ने आयोजक बिद्यालयले जानकारी दिएको छ ।

Shaileshwori
Loading...