
माघ ८, डोटी । दिपायल सिलगढी नगरपालिका-०६ को वडा कार्यालयले विद्यालयलाई स्विटर हस्तान्तरण गरेको छ । वडा कार्यालयले सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयका विद्यार्थीहरूका लागि विद्यालयलाई स्विटर हस्तान्तरण गरेको छ ।

रु. पाँच लाख मूल्य बराबरका एक हजार ६० ओटा स्विटर विद्यालयलाई हस्तान्तरण गरिएको कार्यवाहक वडा अध्यक्ष चन्द्रा नेपालीले बताइन् । उनले पद्म पब्लिक जिल्ला सदरमुकाममा हुँदा प्राय: जिल्ला भरिकै विद्यार्थी यश विद्यालयमा पढ्न आउने हुँदा सहयोगका लागि पद्म पब्लिक विद्यालयलाई छानिएको बताइन् । चिसोको समय भएकाले वडाले वितरण गरेको स्विटरले विद्यार्थीलाई सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।
वडाले सहयोग गरेको स्विटर बुझ्दै विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले वडा परिवारलाई धन्यवाद दिए । विद्यालयले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ ।

