सुदूरपश्चिममा ६७ उम्मेदवार “अण्डर—४०”
कांग्रेसबाट शुन्य, एमालेबाट एक जना मात्रै ४० बर्षमूनिका उम्मेदवार


९ माघ, डोटी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ सिटका लागि १८ महिला सहित २१० जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रतिस्पर्धा गर्नेहरुमा ६७ जना ४० बर्षमूनिका छन् । नेपाली कांंग्रेसबाट ४० बर्षमूनिका कुनै उम्मेदवार छैनन् । एमालेबाट एक जना र माओवादीबाट दुई जना रहेका छन् ।
माघ ६ गते मनोनयन पत्र दर्ता गराउनेहरुमा ४० बर्षमूनिका नौ जना महिला रहेका छन् । कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र–१ मा ‘अण्डर–४०’ का ७ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालका ४० बर्षीय कृष्णवहादुर चौधरी, संयुक्त नागरिक पार्टीका २७ बर्षीय दानियल बिक, उज्यालो नेपाल पार्टीका ३२ बर्षीय माइकल तामाङ, आम जनता पार्टीबाट ३६ बर्षीया सिता बिक र मितेरी पार्टी नेपालका २७ बर्षीय सियाराम रानाले उम्मेदवारी दिएका छन् । २७ बर्षीय अनिल राना र २७ बर्षीय यादव सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
कञ्चनपुर—२ मा संयुक्त नागरिक पार्टीका ३७ बर्षीय खडक ताम्राकार, राष्ट्रिय स्वतन्त्र पार्टीका ३८ बर्षीय दिपकराज बोहरा, नेपाली कम्युनिष्ट पार्टीबाट ३९ बर्षीय माधव प्रसाद पन्त, उज्यालो नेपाल पार्टीबाट ४० बर्षीय योगेन्द्रवहादुर साउँद, नेकपा माओवादीबाट ४० बर्षीय लोकेन्द्र वहादुर बिक र प्रगतिशील नेपाल पार्टीबाट ३४ बर्षीय धर्मानन्द जोशी चुनावी मैदानमा उत्रेका छन् । यस्तै ३५ बर्षीय हरिसवहादुर भट्ट, ३८ बर्षीय भानु भक्त बोहरा र ३१ बर्षीय बिरेन्द्र राना स्वतन्त्र उम्मेदवार छन् ।
कञ्चनपुर—३ मा रास्वपाबाट ४० बर्षीय ज्ञानेन्द्र शाही र राष्ट्रिय मुक्ति पार्टीबाट ३९ बर्षीय लोकराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् । बैतडीमा ४० बर्षमूनिका एक जना मात्रै चुनावी प्रतिस्पर्धामा छन् । आम जनता पार्टीले ४० बर्षीय बिसन सिं बोहरालाई उम्मेदवार वनाएको छ । डडेल्धुरामा जय मातृभूमि पार्टीका ३९ बर्षीय लक्ष्मीदत्त भट्ट उम्मेदवार वनेका छन् भने २८ बर्षीय गोरखवहादुर ऐर र ३५ बर्षीय सुरेन्द्र रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
दार्चुलाको प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी) बाट ३२ बर्षीय नवराज भट्टले उम्मेदवारी दिएका छन् । अछाम—१ मा रास्वपाबाट २७ बर्षीय ओमप्रकाश रावल, राप्रपाबाट ३९ बर्षीय लोकेन्द्र वहादुर शाह, नेकपा माओवादीबाट ४० बर्षीय लोकेन्द्रवहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट २६ बर्षीय सुरेन्द्र शाहीले मनोनयन दर्ता गरेका छन् । यस क्षेत्रमा ३२ बर्षीय भिमवहादुर कँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अछाम—२ मा उज्यालो नेपाल पार्टीबाट २८ बर्षीय राजेश रावल र रास्वपाबाट ३० बर्षीय भुपदेव शाहले उम्मेदवारी दिएका छन् ।
बाजुरामा ४० बर्षमूनिका चार जना उम्मेदवार छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ४० बर्षीय दिपक कुमार डिसि, नेकपा माओवादीबाट ३९ बर्षीय भुपेन्द्र स्वार र रास्वपाबाट ३३ बर्षीय हेमराज थापाले उम्मेदवारी दिएका छन् भने ३० बर्षीय उपेन्द्र शाही स्वतन्त्र उम्मेदवार वनेका छन् ।
बझाङमा रास्वपाबाट ३८ बर्षीय शैलेश कुमार सिंह उम्मेदवार छन् । डोटीमा नेकपा एमालेबाट ३२ बर्षीय दिपक धामी, नेकपा माओवादीबाट २९ बर्षीय प्रकाश कठायत र मितेरी पार्टी नेपालबाट ३५ बर्षीया सरस्वती कुमारी पाल (मल्ल) चुनावी प्रतिस्पर्धामा छन् ।
कैलाली–१ मा नौ जना ४० बर्षमूनिका उम्मेदवार छन् । मजदुर किसान पार्टीबाट २५ बर्षीया सुनिता भण्डारी, राप्रपाबाट ३६ बर्षीय लोकेन्द्र कुँवर, आम जनता पार्टीबाट ३६ बर्षीया रुपा चौधरी, श्रम संस्कृति पार्टीबाट ४० बर्षीय बिमल कुमार डगौरा र नेकपा माओवादीबाट ३५ बर्षीय रामवहादुर बिश्वकर्मा चुनावी मैदानमा छन् । यस्तै, ३६ बर्षीय सत्य नारायण भट्टराई, ३२ बर्षीय राजेन्द्रवहादुर शाही, २८ बर्षीय तपेन्द्र शाह र ३७ बर्षीय अरुण ठकुल्ला स्वतन्त्र रुपमा चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।
कैलाली–२ मा मजदुर किसान पार्टीबाट ३८ बर्षीया लक्ष्मी कुमारी पुन, रास्वपाबाट २६ बर्षीय के पी खनाल, नेपाली कम्युनिष्ट पार्टीबाट ३९ बर्षीय नन्दवहादुर साउँद र मितेरी पार्टीबाट २७ बर्षीया सम्झना बिष्ट थापा प्रतिस्पर्धामा छन् भने यस क्षेत्रमा ३७ बर्षीय दिपक रावल स्वतन्त्र उम्मेदवार छन् । कैलाली–३ मा रास्वपाबाट ३९ बर्षीय जगत प्रकाश जोशी, मजदुर किसान पार्टीबाट ३० बषीया जुनु महतरा शाही, राष्ट्रिय जनमोर्चाबाट ३९ बर्षीय देवराज चौधरी र प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट ३९ बर्षीय लक्ष्मी राम चौधरी प्रतिस्पर्धामा छन् ।
कैलाली—४ मा मजदुर किसान पार्टीबाट ३६ बर्षीया अमृता भुल, राप्रपाबाट ३१ बर्षीय कमल रजवार, नेसनल रिपव्लिकन नेपालबाट ३८ बर्षीय गोपीलाल चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट ४० बर्षीय धनवहादुर सुनार, उज्यालो नेपाल पार्टीबाट ३८ बर्षीय सुभाश कुँवर र राष्ट्रिय जनमोर्चाबाट ३४ बर्षीय हेमराज भट्ट प्रतिस्पर्धामा छन् ।
कैलाली–५ मा राप्रपाका ३२ बर्षीय रोशन शाही, मजदुर किसान पार्टीका २८ बर्षीया तृषणा पुनमगर र नेकपा माओवादीका ३५ बर्षीय बवरजंगवहादुर सिंह उम्मेदवार छन् भने ३४ बर्षीय जनकराज पाठक स्वतन्त्र उम्मेदवार छन् ।
