डोटीका थप १४ जनामा कोरोना पुष्टि

टेक साउद/डोटी
मंगलबार डोटीमा १४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा डोटीका थप १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै जिल्लामा जम्मा कोरोना संक्रमितको संख्या एक हजार एक सय ३९ पुगेको छ ।

मंगलबार (आज) शिखर नगरपालिकाका १२ जना, के.आई.सिंह गाँउपालिका र सायल गाँउपालिकाका १/१ जना रहेका छन् । जसमा शिखर नगरपालिका वडा नम्वर १ का एक वर्षीय एक बालक, २८, ५०, ४५, २४, २३, २९, २७, २०, १९, ५० वर्षका १० जना पुरुष र २५ वर्षीया एक महिला गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै के.आई. सिंह गाँउपालिका वडा नम्बर ७ का ३५ वर्षका एक पुरुष र सायल गाँउपालिका वडा नम्वर ६ का २८ वर्षका एक पुरुषमा पनि कोेरोना पुष्टि भएको छ ।
हाल जिल्लामा एक सय १२ जना संक्रिय कोरोना संक्रमित रहेका स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
