डोटी गोल्ड कप २०८२ हाललाई स्थगित, चैत ५ गतेबाट सञ्चालन हुने

माघ २३, डोटी । डोटी गोल्ड कप २०८२ हाललाई स्थगित भएक‍ो छ । शिलास्थान युवा क्लबले आयोजना गर्न लागेको दोस्रो चरणको खुला फुटबल प्रतियोगिता डोटी गोल्ड कप २०८२ आसन्न निर्वाचनका कारण स्थगित भएको छ ।

Sayalb

माघ १३ देखि १९ गतेसम्म सिलगढी स्थिति टुँडिखेलमा आयोजना हुने भनिएको प्रतियोगिता प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का कारण स्थगित भएको शिलास्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासीले बताएका छन् । पत्रकार सम्मेलन मार्फत आयोजकले जारी मितिमा हुन नसकेको प्रतियोगिता चुनाव सकिए लगत्तै सञ्चालन हुने बताएको छ । अध्यक्ष मलासीका अनुसार स्थगित प्रतियोगिता चैत ५ गतेदेखि प्रतियोगिता सञ्चालन हुने बताएका छन् ।

डोटी जिल्लाकै ठुलो धनराशिको प्रतियोगिताको विजेता टोलीले रु. एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद रु. ८० हजार ट्रफी र प्रमाणपत्र पाउने छ ।

Shaileshwori
Loading...