यि हुन् डोटीमा एक हजार भन्दा बढी मतदाता भएका मतदान केन्द्र

Sayalb

१३ फागुन, डोटी । डोटी जिल्लामा रहेका एक सय ८० मतदान केन्द्रहरुमध्ये १३ केन्द्रमा एक हजार भन्दा बढी मतदाता रहेका छन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतदाता संख्या सहितको मतदान केन्द्रहरुको विवरण अनुसार बडीकेदार गाउँपालिका–४ मा रहेको शिवजी मावि केन्द्रमा सवैभन्दा बढी १ हजार ७५ मतदाता रहेका छन् । यस्तै, सवैभन्दा कम मतदाता जोरायल गाउँपालिका–४ को रघुनाथ मावि केन्द्र रहेको छ । यस केन्द्रमा १ सय ७४ मात्रै मतदाता रहेका छन् ।
जिल्लाका एक हजार भन्दा बढी मतदाता रहेका केन्द्रहरुमा आदर्श गाउँपालिका–१ भैरव मावि (क) केन्द्रमा १ हजार ६४ र भैरव मावि (ख) मा १ हजार ५४ मतदाता रहेका छन् । आदर्श गाउँपालिका–४ को दुर्गा आधारभूत बिद्यालयमा १ हजार ४७ मतदाता रहेका छन् ।
यस्तै, के आई सिंह गाउँपालिका—१ को डुमराकोट आधारभूत बिद्यालय केन्द्रमा १ हजार १, जोरायल गाउँपालिका–१ को कफलकट्टेश्वर आधारभूत बिद्यालय (ख) मा १ हजार ५, जोरायल गाउँपालिका–३ को रत्न माध्यमिक बिद्यालयमा राउतकट्टेमा १ हजार १६ र दिपायल सिलगढी नगरपालिका–१ को दिल्पेश्वर मावि दिपायल केन्द्रमा १ हजार १६ जनाले मतदान गर्नेछन् ।
दिपायल सिलगढी–५ को तेडी आधारभूत बिद्यालय लेगठाटामा १ हजार १०, पूर्वीचौकी गाउँपालिका–५ को महालक्ष्मी आधारभूत बिद्यालय धानुकाँडा १ हजार २९, वडीकेदार गाउँपालिका–३ को बिष्णु मावि मुलेचौरमा १ हजार १६, सायल गाउँपालिका–६ को हिमालय मावि दल्लेक १ हजार १६ र बोगटान फुड्सिल गाउँपालिका–५ दर्जाकोट माविमा १ हजार ४६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतले सार्वजनिक गरेको बिवरणमा उल्लेख छ ।

Shaileshwori
Loading...