जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा जोरायल प्रथम

८ बैशाख, डोटी । १६औं डोटी जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जोरायल गाउँपालिकाले हात पारेको छ । मंगलवार सम्पन्न प्रतियोगितामा २५ स्वर्ण, १८ रजत र ४ कास्य गरी ४७ पदक सहित जोरायल प्रथम स्थानमा आएको हो । गत बर्ष भएको १५औं प्रतियोगितामा पनि जोरायलनै प्रथम भएको थियो ।

प्रतियोगितामा शिखर नगरपालिका दोश्रो भएको छ । शिखरले २२ स्वर्ण, ४ रजत र ५ कास्य सहित ३१ पदक प्राप्त गरेको जिल्ला खेलकुद् विकास समितिका सदस्य सचिव हर्कवहादुर बोगटीले जानकारी दिए । बोगटीका अनुसार दिपायल सिलगढी नगरपालिकाले ७ स्वर्ण, १० रजत र ८ कास्य पदक प्राप्त गरी तृतीय भएको छ ।

Sayalb

शनिवारदेखि सुरु भएको उक्त प्रतियोगितामा जिल्लाका ९ वटै पालिकाका खेलाडीहरुले सहभागिता जनाएका थिए । आदर्श गाउँपालिका ३ स्वर्ण, ८ रजत कास्य सहित चौथो भएको छ भने बोगटान फुड्सिल गाउँपालिका ३ स्वर्ण, २ रजत र एक कास्य पदक प्राप्त गरी पाँचौं भएको छ ।

प्रतियोगितामा के आई सिंह गाउँपालिकाले २ स्वर्ण ४ रजत र १५ कास्य पदक, बढीकेदार गाउँपालिकाले २ स्वर्ण, २ रजत र ३ कास्य पदक, पूर्वीचौकी गाउँपालिकाले २ स्वर्ण र ३ कास्य पदक प्राप्त गरेका छन् । सायल गाउँपालिकाले भने स्वर्ण पदक प्राप्त गर्न सकेन । यस पालिकाले १ रजत र २ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगिता शिखर नगरपालिका–६ स्थित हरिहर माविको प्राङ्गणमा भएको बोगटीले जानकारी दिए ।

Shaileshwori
Loading...