क्यान्सर पिडित कडायतलाई जिएनआईद्धारा आर्थिक सहयोग

बिक्रम खड्का/डोटी
क्यान्सर पिडित दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ लडागडाकी हरिना कडायतलाई जिएनआई नेपाल जिल्ला कार्यालय डोटीको प्रायोजित कार्यक्रम अन्तरगत आर्थिक सहयोग गरेको छ । क्यान्सर पिडित १७ वर्षीया कडायतको उपचारको लागि सहज होस् भनेर दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राम बहादुर खड्का मार्फत रु ४९ हजार तीन सय ९१ को चेक पिडितका परिवारलाई सहयोग हस्तान्तरण गरिएको जिएनआई नेपाल जिल्ला कार्यालय डोटीका बाल प्रायोजित सहायक (S.S.A.) छत्र बहादुर बडैलाले बताउनु भयो ।

Sayalb

कडायत श्रि सुनादेवि माद्यामिक विद्यालय लडागडामा कक्षा १० मा अध्ययनरत छन् । पिडित कडायत जिएनआइ नेपाल डोटिको प्रयोजित कार्यक्रम अन्तर्गत कि स्पोन्सर बालिका हुन ।

Shaileshwori
Loading...