सिडिएफ नेपालको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

असोज २६, डोटी । सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा सामाजिक परीक्षण कार्यक्रम डोटीको सिलगढीमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष खडक राज शर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहको प्रमुख आतिथ्य र दिपायल दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजीसिंह खड्का विशिष्ट अतिथिका रहेका थिए ।

Sayalb

जिल्ला समन्वय समिति डोटीको सभा हलमा आयोजित कार्यक्रम कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी महेश कुमार बम, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सागर बोहरा, जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, दातृ निकायका प्रतिनिधि, पत्रकार, बाल क्लब सञ्जालका प्रतिनिधि, संस्थाले प्रदान गर्ने सेवाका लाभग्राही, संस्थाका कार्यसमिति पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक गिरिराज पाठकले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका गतिविधि, उपलब्धि प्रस्तुत गरेका थिए । प्रस्तुति पश्चात् सामाजिक उत्तरदायित्वका विषयमा समीक्षा र छलफल पनि गरिएको थियो  । कार्यक्रमका सहभागीहरूले संस्थाका गतिविधिमा विभिन्न प्रतिक्रिया तथा सुझाव दिएका थिए । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष खडक राज शर्माले कार्यक्रममा उठेका प्रश्न, सुझावलाई आत्मसात् गर्दै संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Shaileshwori
Bolpatra
Loading...