गस्तीमा निस्किएका नेपाल प्रहरीका असई मृत फेला, जवान बेपत्ता

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक मृत फेला परेका छन् । शनिवार साँझ देखी बेपत्ता प्रहरी सहायक निरीक्षक विकको शव आज बिहान फेला परेपनि उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन् ।

Sayalb

शनिबार राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजे देखि सम्पर्कविहीन भएका थिए । असई विकको शव चौकीबाट करिब तीन किलोमीटरको दूरीमा रहेको सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो । तर उनीहरू चढेको मोटरसाइकल चौकीबाट एक किलोमीटरको दूरीमा फेला परेका छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले तस्करहरूसँगको भीडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका गरेको छ ।

Shaileshwori
Loading...