डोटीका थप ७ जनामा कोरोना पुष्टि

डोटी : डोटीमा सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल डोटीको प्रयोगशाला गरिएको परिक्षणमा डोटीका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै डोटी जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ७९ पुगेको छ ।

Sagan sahari bhawan nirman aayojana

आज दिपायल सिलगढी नगरपालिका वडा नम्वर ४ का ३४ र ४२ वर्षका दुई जना पुरुष, वडा नम्बर ५ का ४६ वर्षका एक पुरुष, वडा नम्वर ६ का २८ र ४५ वर्षीया दुई महिला, ५० वर्षका एक पुरुष र नगरपालिकाकै वडा नम्वर ९ का ४० वर्षका एक पुरुष गरी जम्मा सात जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीका अनुसार हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ८१ रहेको छ ।

Shaileshwori
Loading...