असइ बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन

Sayalb

प्रहरी सहायक निरिक्षक (असइ) गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । आइतबार बिहान मृत भेटीएका बिकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै धनगढी चौराहमा प्रदर्शन गरेका छन् ।
बिकको विभत्स हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने र मृतकका परिवारको भरण पोषणको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को जुगेडा स्थित अस्थायी प्रहरी विटका इन्चार्ज समेत रहेका बिक आइतबार बिहान मृत भेटीए थिए । शनिबार साँझ संगै गस्तिमा गएका असइ बिकको शव फेला परेपनि अर्का प्रहरी जवान रामबहादुर साउँको अवस्था भने अझै अज्ञात छ । साउँको खोजीकार्य भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Shaileshwori
Loading...