डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा ३१ जनामा कोरोना पुष्टि


डोटी : सोमबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ९४ नमुनाहरुको परिक्षण गरिएकोमा ३१ नमुनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल डोटीका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयो । कोरोना पुष्टि भएका सबै डोटी जिल्लाका हुन् ।
प्रयोगशाला ईन्चार्ज श्रेष्ठका अनुसार कोरोना देखिएका २० पुरुष र ११ महिला हुन् । आज दिपायल सिलगढी नगरपालिकाका १३ पुरुष र ७ महिला गरी २० जना, बोगटान फुड्सिल गाँउपालिकाका ४ पुरुष र २ महिला गरी ६ जना, शिखर नगरपालिकाका दुई पुरुष र एक महिला गरी तिन जना, आदर्श गाँउपालिकाकी एक महिला, र के.आई.सिंह गाँउपालिकाका एक पुरुष गरी जम्मा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
