नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

Sagan sahari bhawan nirman aayojana

डोटी : देशभर ३ हजार ७ सय ९० जना कोरोना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १५ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए ।
योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । नेपालमा हाल ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै आज देशभर २ हजार ३ सय ३५ संक्रमितले कोरोना जितेका छन् । कोरोना मुक्त हुनेहरूकोे कुल संख्या ९४ हजार ५ सय एक रहेको छ ।
पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।

Shaileshwori
Loading...