कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडाका असई गोविन्दको अन्त्येष्टि
कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ । सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घाटमा उच्च सम्मान शोक सलामी सहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
अन्त्येष्टि अगाडी बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक (असई) बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो ।