थप ७ जनामा कोरोना पुष्टि

डोटीे : डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोशालामा गरिएको परिक्षणमा मंगलबार थप सात जनामा कोरोना देखिएको छ । गएको २४ घण्टामा ७३ नमुनाहरुको कोरोना परिक्षण गरिएकोमा सात जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो ।

Sayalb

प्रयोगशाला ईन्चार्ज भूषालका अनुसार डडेल्धुरा जिल्लाका ६ जना र बैतडीका जिल्लाका एक जनामा कोरोना देखिएको हो ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ का चार जना, वडा नम्वर-११ का एक जना, गन्यापधुरा गाँउपालिका-१ का एक जना र बैतडी जिल्लाको डिलाशैनी गाँउपालिका-५ का एक जनामा कोरोना पुष्टि भएको छ ।

Shaileshwori
Loading...