नेपालमा कोरोना मुक्त हुनेको संख्या एक लाख नजिक 

२४ घण्टामा २६ जनाको मृत्यु, ५ हजार ७४३ जनामा कोरोना पुष्टि

बुधबार देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा २० हजार एक सय १८ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । नेपालमा हाल ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् ।

Sayalb

त्यस्तै आज देशभर २ हजार ९ सय ९६ संक्रमितले कोरोना जितेका छन् । कोरोना मुक्त हुनेहरूकोे कुल संख्या ९९ हजार ६ सय पाँच रहेको छ ।

पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।

Shaileshwori
Loading...