गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

Sayalb

कोरोना संक्रमणको कारण चिनतवनको भरतपुर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएको छ ।उपचारका क्रममा ३३ वर्षीय महिलाको बिहीबार बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ३७ हप्ताकी गर्भवती ती महिलाको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कात्तिक ५ गते कोभिड आइसीयूमा राखी भेन्टिलेटरको सहायतामा उपचार थालिएको थियो ।

ति महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । तनहुँ जिल्लाको शुक्लगण्डकी नगरपालिका घर भएकी महिला मकवानपुर जिल्लाको हेटौडा–५ मा बस्दै आएकी थिईन् ।

Shaileshwori
Loading...