मोदीको शन्देस लिएर ‘रअ’ प्रमुखले प्रधानमन्त्रीलाई भेटेका हुन :  शंकर पोखरेल

भारतिय गुप्तचर संस्था रअ का प्रमुखले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको शन्देस लिएर आएको नेकपा नेता शंकर पोखरेलले बताए । भारतिय गुप्तचरसंस्थाका प्रमुखसंग भेटको बिषयमा नेकपा भित्र र बाहिर प्रधानमन्त्री केपीशर्मा ओलीको बिरोध भईरहेको छ ।
भारतिय प्रधानमन्त्रीको कस्तो र के शन्देस लिएर रअ प्रमुख आएका हुन यस बारे पोखरेलले केही पनि उल्लेख गरेका छैन । आफ्नो फेसबुक पेज मार्फत आफ्नो देशका प्रधानमन्त्री माथी बिश्वास गर्न पनि पोखरेलले आग्रह गरेका छन् ।
लुम्वनी प्रदेशका मूख्यमन्त्री समेत रहेका पोखरेल प्रधानमन्त्री ओलीका नजिकका नेताका रुपमा चिनिन्छन ।

Sagan sahari bhawan nirman aayojana

शंकर पोखरेलले लेख्नु भएको स्टाटस जस्ताको त्यस्तै
भारतिय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा र’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियती ? वुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौ । नेपाल र भारत विचको सिमा समस्याको परिणाम सुखद होस् कामना गरौ ।

Shaileshwori
Loading...