कान्द्रा नदीमा डुबेर २ बालिकाको ज्यान गयो

कैलालीको कान्द्रा नदिमा डुबेर दुई बालिकाको ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैयाकी ११ वर्षीया अस्मिता ढुङ्गेल र ९ वर्षीया अर्चना बिस्टको नदिमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

घरबाट गोरु चराउन गएका उनीहरूको नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
