स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्दै बडादशैँ मनाउनुहोस् : मुख्यमन्त्रि भट्ट
डोटी : सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रि त्रिलोचन भट्टले सरकारले तोकेका स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्दै यस वर्षको बडादशैँ मनाउन आग्रह गरेका छन् । प्रदेशवासीलाई बडादशैँ २०७७ को शुभकामना सन्देश दिदै मुख्यमन्त्रि भट्टले उत्त कुरा भनेका हुन् । मुख्यमन्त्रि भट्टले बडादशैँको अवसरमा प्रदेशवासीको सुख, शान्ति, समृद्धि, सु स्वास्थ्य एवम् उत्तरोत्तरको कामना सहित सुभकामना व्यक्त गरेका छन् ।
“सास्कृतिक विविधतायुक्त हाम्रो प्रदेशका प्रदेशवासीलाई बडादशैँले एकताको शुत्रमा आवद्ध गरि विविधताका बिच एकता, भार्मिक सहिष्णुता, आपसी सद्भाव भातृत्व कायम गरी एकआपसमा खुसीयाली साटासाट गर्ने अवसर समेत प्रदान गरोस् भन्ने कामना गर्दछु ।” मुख्यमन्त्रि भट्टद्धारा जारी सुभकामना सन्देशमा भनिएको छ ।