सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका ८ जना सार्वजनिक
कैलालीमा सामूहिक बलत्कारको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ कै १७ वर्षिय कृष्ण नगरकोटी, १९ वर्षिय धिरेन्द्र विष्ट, नरेश चौधरी, १८ वर्षिय रमेश शाही, सत्यम रावल, २० वर्षिय रामबहादुर चौधरी, २२ वर्षिय मनोज चौधरी र २१ वर्षिय महेश चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
घटनामा संलग्न एक जना फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए । शनिबार राति दुवै किशोरीमाथि सामूहिक बलात्कार भएको थियो ।