सुपथ मूल्य पसल सञ्चालनमा आएनन्

चाडपर्व आउनुभन्दा १ महिना पहिलेदेखी सञ्चालनमा आउने सुपथ मूल्य पसल यस वर्ष भने सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अहिलेसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । हरेक वर्ष सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष सुदूरपश्चिमको धनगढीमा बाहेक प्रदेशका अरु कुनै ठाँउमा पनि सञ्चालनमा आएका छैनन् । यस वर्ष डोटी, बैतडी, डडेल्धुरा, कञ्चनपुर, टिकापुरमा सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेका छैनन् ।

Sagan sahari bhawan nirman aayojana

सुपथ मूल्य पसलमा अन्य पसलको भन्दा सस्तो मूल्यमा चामल, नुन, चिनी पाइने गरेको थियो तर यसबर्ष भने सर्वासाधारण नागरिक महंगो मूल्य किन्न बाध्य भएका छन् । धनगढीमा भने मंसिर ६ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा रहने साल्ट ट्रेसिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय धनगढीले जनाएको छ ।

Shaileshwori
Loading...