बाँदरलाई हानेको गोली लाग्दा ७१ वर्षीय वृद्ध मृत्यु

Sagan sahari bhawan nirman aayojana

प्युठानमा बाँदर धपाउन हानेको बन्दुकको गोली लाग्दा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको नौवहिनी गाउँपालिका-५ डामकोटका ३४ वर्षीय हेमलाल सुनारले हानेको बन्दुकको गोली लागेर सोही ठाउँका ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दलबहादुर हेमलालका नातामा काका पर्छन् ।
बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।

Shaileshwori
Loading...