बुढीगंगा नदीमा डुबेर एक किशोरीको मृत्यु
अछामको बुढीगंगा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षीया हेमन्ती बयकको नदिमा डुबेर मृत्यु भएको हो । दशैँको टीका अघि सोमबार बिहान नुहाउन गएकी बयक नदीको भंगालोमा परी बेपत्ता भएकी थिईन् । बेपत्ता भएकी बयककोे शव सोमबार दिउसो मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिकाको सीमा क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक योगेन्द्रसिँह थापाले बताए ।