ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

Sayalb

कैलालीको धनगढीमा रोकिएको मीनि ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । से १ प ८७६१ को नम्बरको मोटरसाइकल से १ त ६१७ नम्बरको मीनि ट्रकमा ठोकिदा घाइते भएका मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोमबार राती साढे ११ बजेको समयमा धनगढी–अत्तरिया सडकको बोराडाडी खण्डमा मीनि ट्रकमा मोटरसाइकल ठोकिएको हो । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लालबहादुर रोकायाले बताए । उनको आफन्तको खोजी कार्य भईरहेको बताईएको छ ।

Shaileshwori
Loading...