कैलालीमा सोयाबिन उद्योगमा आगलागी

कैलालीमा सोयाबिन उद्योगमा आगलागी भएको छ । जिल्लाकोे टीकापुर नगरपालिका–३ शंकरपुर स्थित बलायर सोयाबिन उद्योगमा बुधबार विहान आगलागी भएको छ । आगलागीबाट करीब चार करोड क्षति भएको बताईएको छ । विहान करीब ४ बजेतिर लागेको आगो बिहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कारखानाका संरचना र गोदाममा क्षति पुगेको छ । उक्त उद्योग गत वर्ष स्थापना भएको इलाका प्रहरी कार्यालय टीकापुरले बताएको छ । विद्युत् चुहिई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
