अब जिल्ला अस्पताल डोटीमा आईसियु बेड

Sayalb

डोटी : जिल्ला अस्पतला डोटीमा आईसियु र भेन्टेलेटर जोडिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार समाजिक बिकास मन्त्रालयको् सहयोगमा जिल्ला अस्पताल डोटीमा दुई वटा आसियु र दुई भेन्टीलेटर बेड उपलब्ध गराएको हो ।
पिसिआर मेसिन जडान गराएको जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।
बिशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालमा आईसियु तथा भेन्टिलेटर बेड नहुँदा यहीँ उपचार सम्भब भएका बिरामी अन्यत्र पठाउनु पर्ने बाध्यता रहँदै आएको थियो ।
प्रदेश सरकारबाट उपलब्ध गराएका बेड डोटी पुगि सेकेको र आईतबारबाट जडान सुरु हुने अध्यक्ष जोशीले बताए ।
प्रदेश सरकारको सहयोगमा केही महिना पहिला मात्र नोभेल कोरोना भाईरस कोभिड– १९ परिक्षणका लागी पिसिआर मेसिन जडान गरेको अस्पतालले आईसियु र भेन्टिलेटर बेड पनि जडान कार्य थालेको हो ।

Shaileshwori
Loading...