सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ७६ जनामा कोरोना पुष्टि
डोटी : सोमबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ७८ पिसिआरको जाँच गरीएकोमा ७६ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका ६३ जना पुरुष र १३ जना महिला हुन् ।
आज कोरोना पुष्टि हुने कैलालीका ६६ जना, कञ्चनपुरका चार जना, डोटी र अछामका दुई/दुई जना, डडेल्धुरा र बैतडीका एक/एक जना रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३९ जना, टिकापुर नगरपालिकाका १७ जना, घोडाघोडी नगरपालिकाका चार जना, गोदावरी नगरपालिकाका दुई जना, गौरीगंगा नगरपालिकाका एक जना र कैलाली जिल्लाकै पालिका नखुलेका तिन जनामा कोराना पुष्टि भएको छ । उता कञ्चनपुर जिल्लाकोे कृष्णपुर नगरपालिकाका दुई जना, भिमदत्त नगरपालिका र पुनर्वास नगरपालिकाका एक/एक जना, डोटीका दुई जना, अछामको साफेबगर नगरपालिकाका एक जना, अछाम जिल्लाकै ठेगाना नखुलेका एक जना, डडेल्धुराको पर्शुराम नगरपालिका र बैतडीको दशरथचन्द नगरपनलिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।