पुर्ब सभामुख महरालाई पत्नी शोक
पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाको कारण उहाको निधन भएको हो । काठमाडौं नर्भिक अस्पतालमा उपचारकोक्रममा बिहानको साढे ६ बजे निधन भएको छ, केहि दिन पहिले एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत महराकी धर्मपत्नि सिता काठमाडौं लगिएको थियो ।
एभरेष्ट एरलान्सको हेलिकोप्टर मार्फत घोराहीवाट महरा पत्नि ५९ बर्षीया महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका लागि काठमाडौं लगिएको थियो । सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उपचारका लागि हेलिकोप्टर मार्फट काठमाडौं लगिएको थियो ।