ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु, सुखड सडकखण्ड अवरुद्ध


कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालीका १ घोडाघोडी मन्दिर नजिकै से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुखडका मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको छ । उनको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी सुखडले जानकारी दिएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गतको सुखड सडकखण्ड बन्द भएको छ । ट्याक्टरको ठक्करबाट लामिछानेको मृत्यु भएपछि मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग बन्द गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
