बिहिबार ३ हजार ५१ जनामा कोरोना पुष्टि, ३ हजार ४३० जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु

देशभर थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीका विभिन्न कोभिड-१९ प्रयोगशालामा १३ हजार ६८ नमुनाहरुको परिक्षण गरिएकोमा थप ३ हजार ५१ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या एक लाख ८५ हजार ९ सय ७७  पुगेको छ ।

आज देशभरका ३ हजार चार सय ३० जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या एक लाख ४८ हजार चार सय ८ पुगेको छ ।

Sayalb

त्यस्तै पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप १८ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको छ ।

Shaileshwori
Loading...