Before Header
After Navigation

मोटरसाईकल दुर्घटनामा परि घाईते भएकी जुनकिरीलाई आर्थिक सहयोग

मोटरसाईकल दुर्घटनामा परि घाईते भएकी डोटीको दिपायल सिलगढी नगरपालिका–५ बस्ने जुनकिरी भुललाइ उपचारमा सहज होस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश सँगठन कमिटी सदस्य नादर मलासीको नेतृत्वमा सँकलन गरिएको रु ६९ हजार ३ सय ९० रुपियाँ घाइते जुनकिरीको घरमै गएर हस्तान्तरण गरिएको छ । आर्थिक अभावमा उपचार गर्न समस्यामा परेकी जुनकिरी भुलको उपचारमा सहजहोस भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको नेपाल कम्युनिष्ट पार्टी डोटी जिल्ला कमिटी सचिवालय सदस्य धनबहादुर नेपालीले जानकारी दिए । गत भदौ १९ गते डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ गजरौलामा मोटरसाइकल दुर्घटनामा परेर जुनकिरी भुलका ३२ बर्षीया छोराको ज्यान गएको थियो भने जुनकिरी भुल गम्भिर घाइते भएकी थिइन ।

Sagan sahari bhawan nirman aayojana
Shaileshwori
Loading...