अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम अझै आउन सकेन, जो बाइडनको अग्रता

Sagan sahari bhawan nirman aayojana

अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम अझै आउन सकेको छैन । ३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको डेमोक्रेटका तर्फबाट उम्मेदवारी दिनुभएका जो बाइडनले अग्रता लिइरहनुभएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २ सय ७० मतको आवश्यकता पर्छ । जसमा बाइडनको २ सय ६४ मत रहेको छ भने रिपब्लिकनको तर्फबाट उम्मेदवार बन्नुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको २ सय १४ मत रहेको छ । ५० राज्यमा भएको निर्वाचनमा अहिलेसम्म ७५ प्रतिशत मतगणना सम्पन्न भएको छ । अहिले ६ राज्यमा मतगणना जारी रहेको छ । जसमा अधिकांश राज्यमा ट्रम्पले अग्रता लिइरहनुभएको छ ।

Shaileshwori
Loading...