थलारा गाउँपालिकाको टोलीद्वारा वडा को नवनिर्मित भवनको अनुगमन

शिवजी मण्डेल,बझाङ
बझाङ जिल्लाको थलारा गाउँपालिकाको अनुगमन टोलीले वडा नं ८ को नवनिर्मित भवनको अनुगमन गरेको छ ।आर्थिक वर्ष २०७५/७६ मा करिब ५२ लाखको टेन्डरमा मौभेरी निर्माण सेवाले निर्माण गरेकोे भवनको गाउँपालिकाको टोलीले अन्तिम अनुगमन गरेको गाउँपालिकाका सब ईन्जिनियर चक्र थापाले जानकारी दिनुभएको छ ।

Sayalb

अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय, उपाध्यक्ष गंगु देवी खडायत, निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर ओली, लेखा अधिकृत गोविन्द बिष्ट, ईन्जिनियर संगीत रोकाया र सबईन्जिनियर चक्र थापा रहनु भएको थियो ।
४ कोठा र एउटा हल भएको नव निर्मित भवन बाट कार्तिक २ गते देखि सेवा दिई रहेको वडा अध्यक्ष दिल बहादुर सिंहले बताए, यस अघि भने वडाले भाडाको घरबाट सेवा दिदै आएको थियो ।

Shaileshwori
Loading...