कञ्चनपुर दोहोरो नागरिकता लिन खोज्ने युवक पक्राउ
कञ्चनपुर प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दिएको जानकारि अनुसार दोहोरो नागरिकता लिन खोज्ने कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ७ का गोविन्द सुनारलाई पक्राउ गरिएको हो ।
सुनारले २०५४ साल ११ महिना २० गतेको जन्म मिति राखेर नागरिकता लिएकोमा पुनः २०५८ साल १० महिना २ गतेको जन्म मिति राखेर नागरिकता लिन खोजेपछि पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।