सुदुरपश्चिमका थप दुई जना कोरोना संक्रमितकोे मृत्यु

सुदुरपश्चिमका थप दुई जना कोरोना संक्रमितकाको ज्यान गएको छ । कैलालीका एक महिला र एक पुरुषको मुत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका बताए ।

होम आईसोलेसनमा बसिरहेका कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्वर १ का ३९ वर्षीय एक पुरुष र बर्दगोरिया गाउँपालिका वडा नम्वर ४ की ५९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
